कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १६ गते
कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?

कुमारी बैंक लिमिटेडले २,३०५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यी सेयरहरू बैंकका विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्र खुला गरिएको छ।

इच्छुक संस्थापक सेयरधनीहरूले अबको ३५ दिनभित्र निवेदन दिनु पर्नेछ। निवेदनका लागि नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा सम्पर्क गर्न सकिनेछ।

सेयरको मूल्य बिक्रेताले तोकेको मूल्य अनुसार हुनेछ। तोकिएको म्यादभित्र विद्यमान संस्थापक सेयरधनीबाट खरीद आवेदन प्राप्त नभएमा, बैंकले उक्त सेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स