इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?
AdvertisementAds

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहअन्तर्गत रहेको १९ हजार २५८ कित्ता सेयर बिक्रीमा राखेको छ।

हाल उक्त सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्र बिक्री खुला गरिएको संस्थाले जनाएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आफूले खरिद गर्न चाहेको सेयर संख्याको विवरण खुलाइ आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्न सक्नेछन्।

सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बोलपत्र आवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति तथा सर्वसाधारणलाई बिक्रीका लागि खुला गरिने संस्थाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स