प्रधानमन्त्री ओलीको चीन यात्रामा को-को सहभागी छन्?
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सोमबार चीन जाने टोलीमा ३२ जना सरकारी पदाधिकारी र ५५ जना निजी क्षेत्रका प्रतिनिधि गरी ८७ जना सहभागी हुनेछन्। सरकारी टोलीमा प्रधानमन्त्रीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा, मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, र मुख्य सचिव एकनारायण अर्याल रहेका छन्।
सांसदहरुमा अर्जुन नरसिंह के.सी, श्याम कुमार घिमिरे, लिलानाथ श्रेष्ठ, बिजुला रायमाझी, रेखा शर्मा, बीरेन्द्रप्रसाद महत्तो, दीपक कार्की, सर्वेन्दर नाथ शुक्ला, र रन्जिता श्रेष्ठ सहभागी छन्।
सचिवस्तरमा अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, परराष्ट्र मन्त्रालयका कार्यवाहक सचिव अमृत बहादुर राई, र नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसमेत रहेका छन्।
यस भ्रमणमा प्रधानमन्त्री ओलीको टोलीले चीनसँग द्विपक्षीय सहयोग र लगानीका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।