एक वर्षमा त्रिभुवन विमानस्थलले १३ अर्ब कमाउँदा, लामिडाँडाले ४७४ रुपैयाँ मात्रै

एक वर्षमा त्रिभुवन विमानस्थलले १३ अर्ब कमाउँदा, लामिडाँडाले ४७४ रुपैयाँ मात्रै

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एक वर्षको अवधिमा झण्डै १३ अर्ब रुपैयाँ आम्दानी गर्न सफल भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आम्दानी १२ अर्ब ८६ करोड ६६ लाख छ । यो नेपालमा सञ्चालनमा रहेका विमानस्थलमध्ये सबैभन्दा व्यस्त विमानस्थल समेत हो ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै आम्दानी गर्ने विमानस्थलको दोस्रो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ । यो विमानस्थलले ३४ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ । तेस्रो स्थानमा भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । यो विमानस्थलको वार्षिक आम्दानी २१ करोड १३ लाख रुपैयाँ रहेको छ । चौथो स्थानमा विराटनगर विमानस्थल छ । यस विमानस्थलको आम्दानी १७ करोड ५६ लाख रुपैयाँ बराबर छ ।

त्यस्तै, प्राधिकरणका अनुसार सबैभन्दा कम आम्दानी लामिडाँडा विमानस्थल कार्यालयको छ । यो विमानस्थलबाट एक वर्षमा ४ सय ७४ रुपैयाँमात्र आम्दानी भएको छ ।

यी हुन् धेरै आम्दानी गर्ने १० विमानस्थल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल: १२ अर्ब ८६ करोड
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: ३४ करोड ९३ लाख
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: २१ करोड १३ लाख
विराटनगर विमानस्थल: १७ करोड ५६ लाख
नेपालगञ्ज विमानस्थल: १३ करोड ११ लाख
चन्द्रगढी विमानस्थल: ८ करोड १७ लाख
धनगढी विमानस्थल: ६ करोड ५६ लाख
भरतपुर विमानस्थल:६ करोड ३९ लाख
लुक्ला विमानस्थल: ६ करोड २३ लाख
जनकपुर विमानस्थल: ६ करोड १२ लाख

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स