राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हाल कास्की जिल्ला प्रहरीको हिरासतमा छन्। बुधबार साँझ पार्टीका सह–कोषाध्यक्ष दीपक बोहराले लामिछानेको हिरासत कक्षमा सुतेको भनिएको एउटा तस्बिर सार्वजनिक गर्दै सरकार र प्रहरीमाथि प्रश्न उठाए। सो फोटोमा देखिएका व्यक्ति रवि लामिछाने रहेको दावि गरे।
हिरासतमा रहेका लामिछानेको सार्वजनिक भएको फोटोमा उनले केही पुस्तक अध्ययन गरिरहेको देखिन्छ। जसमध्ये २ पुस्तक भने आवरणले चिनिन्छ। हिरासतमा उनले चिनियाँ रणनीतिकार सुन त्जुको ‘द आर्ट अफ वार’ र प्रख्यात अमेरिकी लेखक फरीद जकारियाको ‘द एज अफ रिभोलुसन’ अध्ययन गरिरहेका छन्।
‘द आर्ट अफ वार’ युद्ध रणनीति र नेतृत्व कौशलका लागि विश्वप्रसिद्ध पुस्तक हो। यो पुस्तकले कठिन परिस्थितिमा कसरी धैर्य, योजना र रणनीतिक सोच अपनाउनुपर्छ भन्ने विषयमा लेखिएको छ।

त्यस्तै, फरीद जकारियाको ‘द एज अफ रिभोलुसन’ १८औं शताब्दीको औद्योगिक, राजनीतिक, र बौद्धिक परिवर्तनको गहन विश्लेषण गरिएको छ। पुस्तकले लोकतन्त्रको उदय, नागरिक स्वतन्त्रताको लडाइँ र आधुनिक विश्व निर्माणको प्रक्रियालाई केन्द्रमा राखी लेखिएको छ।


प्रतिकृया