सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेका छन्।
सिटिजन्स बैंकले संस्थापक सेयरधनी अरुण भगतको स्वामित्वमा रहेको ५० हजार कित्ता सेयर प्रतिकित्ता ११६ रुपैयाँमा र यदुनाथ घिमिरेको ५४ हजार ८११.५७ कित्ता सेयर प्रतिकित्ता १२० रुपैयाँमा बिक्री खुला गरेको छ। यी सेयरहरू खरीदका लागि संस्थापक सेयरधनीलाई पहिले नै अवसर दिइसकिएको र अब सर्वसाधारणका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ। प्रतिकित्ता ११६ रुपैयाँको सेयर किन्न इच्छुकले ३५ दिनभित्र र १२० रुपैयाँको सेयर किन्न इच्छुकले ७ दिनभित्र नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
त्यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकले ८९ हजार ७५९ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। यसमध्ये ६४ हजार कित्ता शेयर बलराम श्रेष्ठको र २५ हजार ७५९ कित्ता सेयर विश्व प्रकाश गुरुङको स्वामित्वमा रहेको छ। संस्थापक सेयर बिक्री गर्दा अन्य संस्थापकलाई पहिलो प्राथमिकता दिने प्रावधानअनुसार बैंकले ३५ दिनसम्म बिक्री खुला गरेको थियो तर आवेदन नपरेपछि अब सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित १५ दिनभित्र काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ। निवेदन दिंदा किन्न चाहेको सेयरको संख्या स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने बैंकले जानकारी दिएको छ।















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया