स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ११ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले ती सेयर प्रतिकित्ता न्यूनतम ३१५ रुपैयाँ मूल्य तोकेर बिक्रीमा राखेको जनाएको छ।
संस्थापक सेयर बिक्री गर्दा प्रचलित नियमअनुसार पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक सेयरधनीलाई दिइने भएकाले हाल स्वरोजगार लघुवित्तका संस्थापक सेयरधनीहरूले मात्र ती सेयर खरिद गर्न सक्नेछन्।
इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित काभ्रेपलाञ्चोकको बनेपा–५ स्थित कम्पनीको केन्द्रीय कार्यालयको प्रशासन विभागमा लिखित निवेदन दिनु पर्नेछ।
कम्पनीका अनुसार तोकिएको समयसीमाभित्र संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएमा ती सेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ।


















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)
प्रतिकृया