सर्वसाधारणका लागि सिद्धार्थ बैंकको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार १५ गते
सर्वसाधारणका लागि सिद्धार्थ बैंकको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
AdvertisementAds

सिद्धार्थ बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतको २ लाख ७२ हजार ७३७ कित्ता सेयर आजदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

यसअघि बैंकले ३५ दिनको सूचना जारी गर्दै उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूलाई खरिदका लागि प्रस्ताव गरेको थियो। तर, तोकिएको अवधिमा कुनै आवेदन नपरेपछि सर्वसाधारणलाई पनि खरिदको अवसर दिइएको बैंकले जनाएको छ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बैंकको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या उल्लेख गरी लिखित आवेदन दिनुपर्नेछ।

बैंकका अनुसार सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन पेस गरिसक्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स