सान्भी इनर्जी लिमिटेडले निष्काशन गरेको सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ। हिजो बुधबार (असार १८ गते) कम्पनीका सेयरहरू सम्बन्धित लगानीकर्ताहरूको खातामा आएको हो।
अब यी सेयरहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया अघि बढ्नेछ। नेप्सेमा सूचीकृत भइसकेपछि त्यसको भोलिपल्टदेखि SANVI सिम्बलबाट सेयर कारोबार सुरु हुनेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम १२०.७४ रुपैयाँदेखि अधिकतम ३६२.२२ रुपैयाँसम्म ओपनिङ रेन्ज तोक्न सक्ने अनुमान छ।
कम्पनीले निष्काशन गरेको सेयर बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङले जेठ २६ गते सोमबार दिउँसो ३ बजे बाँडफाँट गरेको थियो। उक्त बाँडफाँटमा २ लाख ४१ हजार ५३० जना आवेदकले प्रतिव्यक्ति १० कित्ताका दरले सेयर प्राप्त गरेका थिए।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया