विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट अर्को साता मात्र हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बाँडफाँटको अन्तिम तयारी भइरहेको छ र अर्को साता गोलाप्रथाबाट सेयर वितरण गरिनेछ।
कम्पनीले असार १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्काशन गरेको थियो। सीडीएसका अनुसार आइपीओमा २१ लाख २० हजार ८५७ आवेदकले २ करोड ५६ लाख २७ हजार ११० कित्ताका लागि आवेदन दिएका थिए, जसको कुल रकम २ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी पर्न गएको छ।
माग अत्यधिक भएकाले सेयर गोलाप्रथाबाट बाँडफाँट गरिनेछ। जसअनुसार २ लाख ९४ हजार २७६ जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् भने बाँकी १८ लाखभन्दा बढी आवेदकको हात रित्तो हुनेछ।
कम्पनीको आइपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले “इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस” प्रदान गरेको छ, जसले औसत वित्तीय अवस्थाको संकेत गर्दछ।














प्रतिकृया