हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओ भोलि असार ३२ गते बाँडफाँट गर्ने भएको छ। कम्पनीले यो आईपीओ असार २४ गतेदेखि २७ गतेसम्म निष्कासन गरेको थियो।विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार आईपीओ बाँडफाँट भोलि बुधवार दिउँसो हुने भएको छ।
उक्त आईपीओमा मागभन्दा करिब ३० गुणा बढी आवेदन परेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार अन्तिम दिनसम्म १९ लाख ९७ हजार २४२ जना लगानीकर्ताबाट २ करोड ३३ लाख ४७ हजार ३३० कित्ता सेयरको लागि आवेदन परेको हो।
कम्पनीले निष्कासन गरेको ७ लाख ७३ हजार ९७५ कित्ता आईपीओमध्ये गोलाप्रथामार्फत ७७ हजार ३९७ जना आवेदकलाई मात्र सेयर बाँडफाँट हुनेछ। पहिलो चरणमा १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिनेछ। बाँकी रहेका ५ कित्ता थप १-१ कित्ता गरी पुनः बाँडफाँट गरिनेछ।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया