स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपीओ) यही साता बाँडफाँट हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धकका अनुसार बाँडफाँट प्रक्रिया अन्तिम चरणमा पुगेको छ र सकेसम्म शुक्रबारसम्म बाँडफाँट गरिनेछ, अन्यथा आगामी साता सुरुमा सम्पन्न गरिनेछ।
एफपीओमा अन्तिम दिनसम्म २ अर्ब ३४ करोड ६२ लाख ९८ हजार रुपैयाँ संकलन भएको थियो। कुल १८ लाख ८२ हजार ४२२ जना लगानीकर्ताले १ करोड २३ लाख ४६ हजार २९८ कित्ताका लागि आवेदन दिएका थिए।
बाँडफाँटपछि १९ हजार ५७७ जनाले १०।१० कित्ताका दरले सेयर पाउनेछन्, भने १८ लाखभन्दा बढी आवेदकको हात रित्तो रहनेछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।
क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले यसलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।









![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)





![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया