स्वस्तिक लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओको बाँडफाँड भोलि (भदौ १२) गते बिहीबार बिहान १० बजे हुने भएको छ।
कम्पनीले सर्वसाधारणका लागि साउन ३० गतेदेखि भदौ ३ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो। यस अवधिमा सर्वसाधारणलाई १ लाख ९५ हजार १ सय ९५ कित्ता सेयर निष्काशन गरिएको थियो। बाँडफाँडपछि करिब १९ हजार ५१९ जनालाई मात्र सेयर प्राप्त हुनेछन्।
यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृति प्राप्त नेपाली नागरिकलाई छुट्याइएको सेयर निष्काशन गरी बाँडफाँड सम्पन्न गरिसकेको छ।
नेपाल धितोपत्र बोर्डले असार ५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया