श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृत अनुसार कम्पनीले १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजीको २० प्रतिशत बराबर ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्न पाउनेछ। यसमध्ये १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई र ३ लाख ९ हजार ९३८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको थियो। साथै १ लाख ५४ हजार ९६९ कित्ता सामूहिक लगानी कोष र १ लाख २३ हजार ९७५ कित्ता कर्मचारीलाई वितरण गरिसकिएको छ।
बाँकी २५ लाख १० हजार ४९३ कित्ता सर्वसाधारणका लागि निष्काशन हुनेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन्। निष्काशन अवधि असोज २९ सम्म रहनेछ भने आवश्यक परे कात्तिक ९ सम्म लम्बिन सक्छ। विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया