पियोर इनर्जीको आइपीओ बाँडफाँट कहिले ?



Advertisement
Ads

पियोर इनर्जी लिमिटेडको साधारण सेयर (आइपीओ) बाँडफाँट यही साता, वैशाख ११ गते हुने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार बाँडफाँटको मिति तय भए पनि समय भने टुंगो लागेको छैन।

कम्पनीले चैत २८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो, जसको कुल मूल्य ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबर थियो।


Advertisement

आईपीओमा अन्तिम दिनसम्म १९ लाख ३६ हजार ५३ जना आवेदकले २ करोड २७ लाख ४२ हजार ६५० कित्ताको लागि आवेदन दिएका थिए, जसअनुसार कुल माग १९.०२८ गुणा बढी देखिएको छ। आवेदन अनुसार करिब १ लाख १९ हजार ५२० जनाले मात्र १०.१० कित्ताका दरले सेयर पाउनेछन् भने १८ लाखभन्दा बढी आवेदकको हात रित्तो रहनेछ।

यसअघि कम्पनीले स्थानीय बासिन्दाका लागि १ लाख ६० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४४ हजार कित्ता सेयर बिक्री गरिसकेको छ। क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले पियोर इनर्जीलाई “CARE NP Double B” इस्यूअर रेटिङ प्रदान गरेको छ। यस आईपीओको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर