लाभांश पारित गर्न कहिले बस्दैछ चिलिमे जलविद्युत कम्पनीको साधारण सभा ?

लाभांश पारित गर्न कहिले बस्दैछ चिलिमे जलविद्युत कम्पनीको साधारण सभा ?

चिलिमे जलविद्युत कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते बिहान ११ बजे नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौंमा २८औं वार्षिक साधारण सभा बोलाएको हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गरिसकेको छ । जस अनुसार पुस १५ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स