एक कम्पनीको आईपीओ डिम्याट खातामा जम्मा हुँदै, कहिलेदेखि कारोबार गर्न सकिने ?

एक कम्पनीको आईपीओ डिम्याट खातामा जम्मा हुँदै, कहिलेदेखि कारोबार गर्न सकिने ?

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको सेयर (आईपीओ) अब डिम्याटमा जम्मा हुने भएको छ। यसका लागि कम्पनी र सीडीएस एण्ड क्लियरिङ लिमिटेडबीच असार ५ गते धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको छ।

अब यी सेयर डिम्याट भएपछि लगानीकर्ताको डिम्याट खातामा सिधै आउनेछ। त्यसपछि सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ। सूचीकृत भएको भोलिपल्टदेखि सेयर किनबेच गर्न सकिनेछ।

कम्पनीले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि कुल २८ लाख ७० हजार कित्ता सेयर निष्काशन गरेको थियो जसको बाँडफाँड जेष्ठ २७ गते सम्पन्न भइसकेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स