सोमबार कति पुग्यो सुनचाँदीको मूल्य ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा किनबेच हुँदैछ।
आइतबार सुनको मूल्य तोलाको १ लाख ६२ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य १५ रुपैयाँले घटेर तोलाको १ हजार ८९५ रुपैयाँमा किनबेच भइरहेको छ।