नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि खुला प्रतिस्पर्धाद्वारा दरखास्त आह्वान गरेको छ। नेप्सेका सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल माघ २५ गते सकिएपछि हाल उक्त पदको जिम्मेवारी प्रबन्धक निरञ्जन फुयाँललाई दिइएको छ।
रिक्त सीईओ पद पूर्तिका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरीय निर्णयअनुसार तीन सदस्यीय समिति गठन गरिएको छ। अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहेको समितिमा अर्थ मन्त्रालयकै सहसचिव अमृत लम्साल सदस्य तथा विज्ञ सदस्यका रूपमा डा. खोमराज खरेल रहेका छन्।
इच्छुक र योग्य नेपाली नागरिकले यही फागुन १८ गतेभित्र कार्यालय समयमा सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन सक्नेछन्। साथै, आवेदनसँगै गोप्य खामबन्दी व्यावसायिक कार्ययोजना समेत पेश गर्नुपर्नेछ।


प्रतिकृया