घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य र नेताहरूलाई आँखा चिम्लेर कारबाही गर्छौं: प्रचण्ड

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ६ गते
घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य र नेताहरूलाई आँखा चिम्लेर कारबाही गर्छौं: प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई भोट नदिएका केन्द्रीय सदस्य र जनवर्गीय संगठनका नेताहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित बैठकमा प्रचण्डले भने, “५० प्रतिशत भोट हाम्रो चुनाव चिह्न ‘घण्टी’मा गएको जनरल रिपोर्ट आएको छ। कसले भोट हालेन र को घण्टीतिर गयो, त्यो रिपोर्ट तपाईंहरूले दिनैपर्छ। तिनलाई कारबाही गर्नैपर्छ, नत्र पार्टी बनाउन सकिँदैन।”

उनले पार्टी पुनर्गठनको सुरुवात यहीँबाट हुने बताए र कारबाही सबैभन्दा पहिला केन्द्रीय सदस्यबाट सुरु हुने उल्लेख गरे। प्रचण्डले थपे, “ठोस रिपोर्ट ल्याउनुहोस्, कसले भोट हालेन, को घण्टीतिर गएको देखियो, तिनलाई आँखा चिम्लेर कारबाही गर्छौं।”

जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित दुई दर्जनभन्दा बढी कम्युनिस्ट घटक मिलाएर गठन गरिएको नेपाली कम्युनिस्ट पार्टीले सार्वजनिक रूपमा सबैभन्दा ठूलो दल बन्ने लक्ष्य राखेको थियो। तर फागुन २१ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५ सिट जित्दा, नेपाली कम्युनिस्ट पार्टी केवल ८ सिटमा सीमित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स