नेपाली कांग्रेसका सभापति गगन थापाले अबको पाँच वर्षे संसदको समय पार्टीले सदुपयोग गर्ने बताएका छन्। सर्लाही-४ मा भएको चुनावी कार्यक्रममा सभापति थापाले संसदको समय नेपालको आर्थिक प्रगति, कृषि, रोजगारी, शिक्षा र स्वास्थ्य सुधारमा केन्द्रित हुनुपर्ने बताए।
उनले मधेसलाई कांग्रेसको जन्मभूमि भन्दै, यही भूमिले पार्टीलाई हुर्काएको र सम्हालेको बताए। साथै, पार्टीले गरेका कमजोरी र गल्तीलाई सुधार्ने संकल्पसहित मधेसमा आएको पनि उनले उल्लेख गरे। सभापति थापाले भने, “मधेसले कांग्रेसलाई सधैं न्याय गर्यो, तर पार्टीले मधेसलाई दिनुपर्ने सम्मान, प्रतिनिधित्व, न्याय र अधिकारका सवालमा कमजोरी भएका छन्।”
थापा सर्लाही-४ बाट उम्मेदवार छन् र उनले सर्लाहीका ४ वटै र मधेसका ३२ वटै निर्वाचन क्षेत्रबाट कांग्रेसलाई समर्थन आवश्यक रहेको बताए। उनले यस सम्बन्धमा जोड दिँदै भने, “जिम्मेवारी लिएर नेपाली कांग्रेसले आगामी ५ वर्ष सिंगो देश र मधेसको सेवा गर्ने आफ्नो कर्तव्य पूरा गर्नेछ।”















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया