‘कीर्तिपुरको डाँडामात्र हैन, अब देशभरिकै डाँडाबाट महिनाको दुई/चार लाख कमाउन सक्ने स्थिति बनाउछौ’ : गगन थापा
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आइटी क्षेत्रमा धेरै काम र कमाइ गर्ने सम्भावना रहेको बताएका छन्।
शनिबार ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा बोल्दै थापाले भनें, “हामी अबको ८-१० वर्ष भित्रमा कीर्तिपुरको डाँडामात्र होइन, अरु थुप्रै डाँडामा पनि साथीहरूले दुई/चार लाख रुपैयाँ कमाउन सक्ने स्थिति बनाउन सक्छौँ। यो पोटेन्सियल हाम्रो साथ छ।”
उनले थपे, “त्यसका लागि धेरै सोच्न र काम गर्नुपर्ने छ। हाम्रो सुरुआत भइसकेको छ, अब अलिकति गति बढाउनुपर्नेछ। यो हाम्रो लागि एउटा ठूलो अवसर हो।”
यसअघि, थापाले कीर्तिपुरको डाँडाबाट ल्यापटपको सहायताले चार/पाँच लाख कमाउन सकिन्छ भन्ने अभिव्यक्ति दिएका थिए, जुन पछि सामाजिक सञ्जालमा ट्रोल बनेको थियो ।