नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आइटी क्षेत्रमा धेरै काम र कमाइ गर्ने सम्भावना रहेको बताएका छन्।
शनिबार ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा बोल्दै थापाले भनें, “हामी अबको ८-१० वर्ष भित्रमा कीर्तिपुरको डाँडामात्र होइन, अरु थुप्रै डाँडामा पनि साथीहरूले दुई/चार लाख रुपैयाँ कमाउन सक्ने स्थिति बनाउन सक्छौँ। यो पोटेन्सियल हाम्रो साथ छ।”
उनले थपे, “त्यसका लागि धेरै सोच्न र काम गर्नुपर्ने छ। हाम्रो सुरुआत भइसकेको छ, अब अलिकति गति बढाउनुपर्नेछ। यो हाम्रो लागि एउटा ठूलो अवसर हो।”
यसअघि, थापाले कीर्तिपुरको डाँडाबाट ल्यापटपको सहायताले चार/पाँच लाख कमाउन सकिन्छ भन्ने अभिव्यक्ति दिएका थिए, जुन पछि सामाजिक सञ्जालमा ट्रोल बनेको थियो ।








![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-768x432.jpg)







![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया