नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले आफ्नो ध्यान आगामी निर्वाचनमा बहुमत प्राप्तितर्फ केन्द्रित रहेको बताएका छन्।
पार्टीको स्याङ्जा–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बहुमत आएपछि सरकारमा नजाने प्रश्न नै नउठ्ने स्पष्ट पारे। “बहुमत ल्याएपछि सरकारमा नजाने कुरै हुँदैन। विगतका अनुभवका आधारमा भएका गल्ती सच्याउँदै देश निर्माण गर्ने गरी सरकार सञ्चालन गर्छौँ,” उनले भने।
उनले ठूलो दल बनेको अवस्थामा पनि कांग्रेसले सरकारको नेतृत्व नपाए सरकारमा सहभागी नहुने बताए। “यदि हामी ठूलो दल भयौँ भने नेतृत्वको दाबी गर्छौँ। तर नेतृत्व नपाए सरकारमा जाँदैनौँ,” उनको भनाइ थियो।
विगतमा ठूलो दल हुँदाहुँदै पनि नेतृत्व नपाएर दोस्रो र तेस्रो दलको नेतृत्वमा सरकारमा सहभागी हुनु गल्ती भएको उनले स्वीकार गरे। “हामी दोस्रो हुँदैनौँ भन्ने लक्ष्य छ। तर भइहाले पनि सरकारमा जाने छैनौँ। संसदीय व्यवस्थाको मर्म पालन गर्नुपर्छ। पहिलो र दोस्रो दल मिलेर सरकार बनाउनु उपयुक्त हुँदैन—त्यहाँ हामी चुकेका थियौँ,” उनले भने।
उनले ‘जे गरे पनि सत्ता’ भन्ने सोच परिवर्तन गरिएको उल्लेख गर्दै नेतृत्व परिवर्तनपछि पार्टीप्रति देशभर आकर्षण बढेको दाबी गरे।

















![५ हजार रुपैयाँबाट सुरु गरेको चिया पसल, अहिले ७ वटा आउटलेट र ८० जनालाई रोजगारी! [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/11/918570907_4796861087221291_8454989320759341431_n-150x150.jpg)




प्रतिकृया