instainsta

नीति तथा कार्यक्रममा आएका कुरा बजेटमा बृहत रूपमा समेट्छौ, पुँजी बजारलाई विश्वस्तरीय बनाउँछौं: अर्थमन्त्री स्वर्णिम वाग्ले

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २९ गते
नीति तथा कार्यक्रममा आएका कुरा बजेटमा बृहत रूपमा समेट्छौ, पुँजी बजारलाई विश्वस्तरीय बनाउँछौं: अर्थमन्त्री स्वर्णिम वाग्ले
AdvertisementAds

अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालको पुँजी बजारलाई विश्वस्तरीय मापदण्डअनुसार पुनर्संरचना गरेर अगाडि बढाइने बताएका छन्। अर्थ समितिमा बोल्दै उनले स्टक एक्सचेन्जको पुनर्संरचनाका लागि गठित समितिको प्रतिवेदन कार्यान्वयन गरिने स्पष्ट पारे।

उनले सरकारले पुँजी बजार सुधारका लागि विभिन्न ‘रिफर्म’ अघि बढाइरहेको उल्लेख गर्दै हालै राष्ट्रपतिमार्फत सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा पनि पुँजी बजारप्रति उदार नीति घोषणा गरिएको बताए। आगामी बजेटमार्फत त्यसलाई अझ विस्तारित र प्रभावकारी बनाइने उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले नेपालको क्यापिटल मार्केटलाई व्यावसायिक, पारदर्शी र विश्वसनीय बनाउने दिशामा सरकार अघि बढिरहेको बताए। “हामी यसलाई प्रोफेसनलाइज गरेर विश्वस्तरीय क्यापिटल मार्केटको मापदण्ड पछ्याउने गरी अगाडि जान्छौं,” उनले भने।

उनले विगत केही वर्षमा पुँजी बजारसँग सम्बन्धित संस्थाहरू सीमित व्यक्तिको प्रभाव र नियन्त्रणमा पुगेको कटु यथार्थ रहेको पनि स्वीकार गरे। “जनताको १५–१६ अर्ब रुपैयाँ अपचलन गरेर, मार्केट म्यानिपुलेसन र इन्साइडर ट्रेडिङमार्फत अकुत सम्पत्ति जम्मा गरियो,” उनले भने, “राजनीतिलाई समेत प्रभावित पार्ने, प्रभावशाली नेताहरुलाई त उनीहरुको गोजीमै राखे र आर्थिक संस्थासमेत कब्जा गर्ने प्रवृत्ति देखिएको थियो।”

उनले वर्तमान सरकारले सुशासनलाई सबैभन्दा ठूलो प्राथमिकताका साथ अघि बढाएको पनि बताए। प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले “पहिलो वर्ष सुशासन स्थापना गर्ने, त्यसपछि विकास निर्माण स्वतः व्यवस्थित रूपमा अघि बढ्ने” मान्यता सरकारको रहेको बताए।

“पद्धति र प्रणाली बलियो बनाइसकेपछि अन्य कामहरू स्वचालित ढंगले अघि बढ्छन् भन्ने हाम्रो विश्वास हो,” उनले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स