सरकारमा हुँदा कोसिस गर्‍यौं, अब चुनाव जितेर पूरा गर्छौं: रवि लामिछाने

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ४ गते
सरकारमा हुँदा कोसिस गर्‍यौं, अब चुनाव जितेर पूरा गर्छौं: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने विश्वास व्यक्त गरेका छन्। सोमबार चितवनको कालिका नगरपालिका–३ मा स्थानीयसँगको छलफलमा लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहोल बन्दै गएको भन्दै निर्वाचनपछिका दिनमा जनताको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्।

उनले यसअघि सरकारमा रहँदा जनताको समस्या समाधान गर्न धेरै प्रयास गरे पनि पूर्ण रूपमा सफल हुन नसकेको बताए। विशेष गरी सुकुम्वासी समस्याका लागि आयोग गठन गरी दीर्घकालीन समाधान गर्ने योजना रहेको उनले स्पष्ट पारे। कालिका–३ का स्थानीयहरूले पटक-पटक सुकुम्वासी समस्या समाधानका आश्वासन पाएका भए पनि अझै परिणाम नआएको विषयमा लामिछानेको ध्यानाकर्षण गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स