नेपालको ऊर्जा विकासमा एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारबीच पाँच दशकको सहकार्यलाई सम्मान गर्दै नेपाल आर्ट काउन्सिल, बबरमहलमा सप्ताहव्यापी फोटो प्रदर्शनी आयोजना गरिएको छ। फोटो पत्रकार क्लब (पीजे क्लब) र एडीबीको सहकार्यमा आयोजित प्रदर्शनीले ऊर्जा क्षेत्रमा भएको प्रगतिलाई चित्रण गरेको छ।
अवसरमा बोल्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा सहयोग पुर्याएकोमा एडीबीलाई धन्यवाद दिँदै आगामी दिनमा सहकार्य अझ सशक्त हुने आशा व्यक्त गरे। उनले प्रदर्शनीले नेपाल-एडीबी सहकार्यबाट भएका ऊर्जा विकासका उपलब्धिहरूलाई दृष्टिगत बनाएको बताए।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतमले प्रदर्शनीले नेपालको ऊर्जा उत्पादन, प्रसारण, वितरण, र सुदृढीकरणमा एडीबीको महत्वपूर्ण योगदानलाई उजागर गरेको बताए। स्वतन्त्र ऊर्जा उत्पादक संघका उपाध्यक्ष आनन्द चौधरीले ऊर्जा क्षेत्रमा एडीबीको सहयोगलाई विशेषरूपमा प्रस्तुत गरिएको उल्लेख गरे।
प्रदर्शनी चार भागमा विभाजित छ: उत्पादन, प्रसारण, वितरण, र ‘बियोन्ड द मिटर’। विभिन्न विद्यालय, कलेजका विद्यार्थी, कलाकार विजय बराल, र सर्वसाधारणले प्रदर्शनीको अवलोकन गरेका छन्।














![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया