नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराउने रणनीतिसहित झापा क्षेत्र नम्बर ५ पुगेका बालेन्द्र साहलाई मतदाताले काठमाडौं महानगरपालिकामा खेलेको भूमिकाका कारण प्रश्न गरिरहेका छन्।
गत माघ ४ गते काठमाडौं महानगर प्रमुखबाट राजीनामा दिएर झापा ५ मा उम्मेदवारी घोषणा गरेका बालेन्द्रलाई सुकुम्बासी, फोहोर व्यवस्थापन र अन्य स्थानीय विषयमा मतदाताबाट प्रश्न उठाइएको छ।
सोमबार झापा ५ का मतदाता भेट्दै घरदैलो गरिरहेका बालेन्द्रसँग एकजना प्राथमिक विद्यालयका शिक्षकले काठमाडौंको फोहोर व्यवस्थापन र सुकुम्बासी समस्याबारे प्रश्न उठाए। बालेन्द्रले जवाफमा विदेशी चलखेल भएको कारण काठमाडौंमा अपेक्षित परिणाम दिन नसकेको बताएका छन्।
उनले भने, “काठमाडौंमा अन्तर्राष्ट्रिय चलखेल थियो। प्रधानमन्त्रीबाट पनि दबाब थियो, त्यसैले मैले चाहे अनुसार फोहोर व्यवस्थापन गर्न सकिनँ। तर अहिले झापामा विदेशी चलखेल छैन, यहाँ त केवल नेपाली जनता छन्।”
शिक्षकले काठमाडौंका सुकुम्बासी बस्तीमा डोजर चलाएको प्रसंग उठाए। बालेन्द्रले जवाफमा कुनै सुकुम्बासी बस्तीमा डोजर नचलाएको बताए। तथापि, उनले थापाथलीका सुकुम्बासी बस्तीमा डोजर चलाउँदा महानगर र नेपाल प्रहरीले कडा प्रतिकार गरेको उल्लेख गरे।
साथै, उनले सुकुम्बासीलाई धनीपुर्जा दिन नसकेको कारण संघीय सरकारको अस्थिरता भएको बताए। उनले भने, “महानगरले सम्झता गरेको थियो, तर तीन–तीन महिनामा सरकार परिवर्तन हुँदा कार्यान्वयन सम्भव भएन।”
शिक्षकले झापामा पनि समस्याहरू औंल्याए – मेची पुल अलपत्र छ, औद्योगिक पार्क अलपत्र छ, र सुकुम्बासीले लालपुर्जा पाएका छैनन्।
अन्ततः बालेन्द्रले शिक्षकलाई उल्टै प्रश्न सोधे: “तपाईंको स्कूलमा वार्षिक कति प्रतिशत विद्यार्थी पास हुन्छन्?” शिक्षकले जवाफमा ७०–८० प्रतिशत पास हुने बताएका थिए। बालेन्द्रले भने, “विद्यार्थी पास गराउन समय लाग्छ जस्तै, सुकुम्बासीलाई लालपुर्जा दिन पनि समय लाग्छ।”
झापा-५ मा बालेनलाई मतदाताको र्याखर्याख्ती: काठमाडौंको फोहोर र सुकुम्बासी बस्तीबारे सोधे यस्तो प्रश्न

Discover more from BAJARKO CHIRFAR
Subscribe to get the latest posts sent to your email.

![के नेप्सेले बटम लगाउँदैछ? टेक्निकल एनालाइसिसले के भन्छ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-5-150x150.jpg)

![इतिहासकै सबैभन्दा ठूलो IPO को कथा, के छ त्यस्तो Elon Musk को SPACE X मा ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-4-150x150.jpg)

प्रतिकृया