SHAREHUBSHAREHUB

मतगणना अपडेट : सर्लाही–४ मा अमरेश र गगनबीच रोचक ‘रेस’: सिंहको अग्रता कायम, गगन थापा पछ्याउँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
AdvertisementAds
मतगणना अपडेट : सर्लाही–४ मा अमरेश र गगनबीच रोचक ‘रेस’: सिंहको अग्रता कायम, गगन थापा पछ्याउँदै
AdvertisementAds

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो अग्रता कायम राखेका छन्। पछिल्लो विवरण अनुसार सिंहले ९७६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका सभापति गगन थापा ७४४ मतका साथ उनलाई पछ्याइरहेका छन्। सिंह र थापाबीचको मतान्तर २३२ रहेको छ। तेस्रो स्थानमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का डा. राजनीश रायले १९५ मत पाएका छन्। अहिले अमरेश सिंहको पकड क्षेत्र मानिने बलरा नगरपालिकाको गणना भइरहेकाले सुरुवाती परिणाममा सिंह अगाडि देखिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स