श्रम संस्कृति पार्टीका अध्यक्ष र सुनसरी–१ का प्रत्यक्ष उम्मेदवार हर्क साम्पाङले अन्तिम मत परिणाम नआउँदासम्म शुभेच्छुकहरू आत्तिन नहुने आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “अन्तिम समयसम्म पर्खनुस्। आत्तिनु पर्दैन। मात्तिनु पनि हुँदैन।” साम्पाङले फाइनल परिणाम आएपछि कुरा गर्ने योजना भएको बताएका छन्। प्रारम्भिक मत परिणाम अनुसार उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारभन्दा पछि रहेका छन्।




















प्रतिकृया