अछाम निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार भीमबहादुर रावलले सुरुवाती अग्रता लिएका छन्। रामारोशन गाउँपालिका–१, मलातीकोटको मतगणना सकिँदा रावलले ३६४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दीपकबहादुर साउद २१४ मतका साथ दोस्रो स्थानमा छन्। रावल र साउदबीचको मतान्तर १५० रहेको छ। नेपाली कांग्रेसका भरतकुमार स्वाँर ४६ मतका साथ तेस्रो र रास्वपाका ओमप्रकाश रावल २९ मतका साथ चौथो स्थानमा छन्।

















प्रतिकृया