पछिल्लो मतपरिणामअनुसार काठमाडौँ क्षेत्र नं ५, ९ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।
उक्त पार्टीका सस्मित पोखरेलले ६ हजार ८३४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका प्रदीप पौडेलले दुई हजार २३१ र नेकपा(एमाले)का ईश्वर पोखरेलले एक हजार २०७ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्रद्धा रिजालले जानकारी दिइन ।
यसैगरी, क्षेत्र–१० मा सोही दलका प्रदीप विष्टले छ हजार ६६० मत प्राप्त गरेको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताइन ।
नेपाली कांग्रेसका हिमाल कार्कीले एक हजार ३४८, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले एक हजार ५९ र नेकपा(एमाले)का विनोद श्रेष्ठले एक हजार एक मत प्राप्त गरेका छन् ।
निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद (डिपी) अर्यालले दुई हजार ७०२ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसकी नानुमैया बाँस्तोलाले ४७० र नेकपा (एमाले)का अजयक्रान्ति शाक्यले ३६४ मत प्राप्त गरेकी छन्।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया