विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आज मङ्सिर १४ गते एफपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ४ करोड ६६ लाख रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८१७ कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।
अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा एफपिओ निष्काशन गर्नेछ। एफपिओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

प्रतिकृया