अमेरिकी राष्ट्रपति ट्रम्पले थप हजारौँ कर्मचारी हटाउँदै केनेडी लाइब्रेरी बन्द गरे

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ७ गते
अमेरिकी राष्ट्रपति ट्रम्पले थप हजारौँ कर्मचारी हटाउँदै केनेडी लाइब्रेरी बन्द गरे
AdvertisementAds

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्मचारी कटौती गर्नेक्रमलाई निरन्तरता दिँदै मंगलबार थप कटौती गरेका छन्।

यस क्रममा कृषि मन्त्रालयअन्तर्गत वर्ड फ्लु नियन्त्रणमा कार्यरत कर्मचारीहरू बर्खास्त गरिएको छ। साथै, राष्ट्रिय निकुञ्ज र जङ्गल संरक्षणमा संलग्न हजारौँ कर्मचारीहरू पनि कटौतीमा परेका छन्।

कर्मचारी कटौतीकै कारण बोस्टनस्थित जोन एफ. केनेडी लाइब्रेरी तथा म्युजियम बन्द भएको छ। यस्तै, राष्ट्रिय विज्ञान प्रतिष्ठानका १० प्रतिशतभन्दा बढी कर्मचारीहरू पनि बर्खास्त भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स