नारायणी डेभलपमेन्ट बैंकले असोज २ गतेदेखि निष्काशन गरेको शतप्रतिशत हकप्रद सेयर भर्ने कात्तिक ९ गते अन्तिम दिन रहेको छ। बैंकले हाल कायम एक कित्ता सेयर बराबर नयाँ एक कित्ता अनुपातमा हकप्रद निष्काशन गरेको हो।हकप्रद निष्काशनका लागि बुक क्लोज गरेको थियो।जस अनुसार, भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले मात्र यस हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
हकप्रद निष्काशनका लागि गरिएको रेटिङमा इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी इस्यूअर रेटिङ सी प्लस’ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ। बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया