नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई सामूहिक लगानी कोष (म्युचुअल फण्ड)का इकाई सूचीकृत भएका छन्। ‘सानिमा इक्विटी फण्ड–२ (SAEF2)’ र ‘एलएस होराइजन १२ (LSH12)’ को सूचीकरण सम्झौता सम्पन्न भएको हो।
नेप्सेका अनुसार साउन २० गते नेप्से र सानिमा क्यापिटल लिमिटेडबीच प्रति इकाई १० रुपैयाँ अंकित तथा चुक्ता मूल्य कायम भएको १२ करोड ५० लाख इकाई रहेको ‘सानिमा इक्विटी फण्ड–२ (SAEF2)’ सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ। यसअघि सानिमा क्यापिटलमार्फत सर्वसाधारणलाई निष्काशन गरिएको सबै १२ करोड ५० लाख इकाई वितरण भइसकेपछि धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम साउन १८ गतेको निर्णयअनुसार नेप्सेमा सूचीकरण गरिएको हो।

यस्तै, नेप्से र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडबीच प्रति इकाई १० रुपैयाँ अंकित तथा चुक्ता मूल्य कायम भएको १५ करोड इकाई रहेको ‘एलएस होराइजन १२ (LSH12)’ सूचीकरण गर्ने सम्झौता पनि सम्पन्न भएको छ। सर्वसाधारणलाई निष्काशन गरिएको सबै १५ करोड इकाई वितरण भइसकेपछि यस फण्डलाई पनि साउन १८ गतेको निर्णयअनुसार नेप्सेमा सूचीकृत गरिएको हो।

अब ‘सानिमा इक्विटी फण्ड–२ (SAEF2)’ र ‘एलएस होराइजन १२ (LSH12)’ दुवैको दोस्रो बजार कारोबार साउन २१ गतेदेखि सुरु हुनेछ।
सूचनाअनुसार, सानिमा इक्विटी फण्ड–२ को RTS सेवा सानिमा क्यापिटल लिमिटेडले प्रदान गर्नेछ भने एलएस होराइजन १२ को RTS सेवा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडबाट उपलब्ध हुनेछ।
प्रतिकृया