भुजुङ्ग हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै, कति बजे ?

भुजुङ्ग हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै, कति बजे ?

भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओ आज, माघ २७ गते मंगलबार बाँडफाँड हुने भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आज विहान ९ बजे आईपीओ बाँडफाँडको तयारी गरेको छ।

कम्पनीले माघ १२ देखि १५ गतेसम्म खुला गरेको आईपीओमा ३ करोड ७ लाख ८४ हजार ८२० कित्ता सेयरका लागि २६ लाख ६५ हजार १७४ जना लगानीकर्ताले आवेदन दिएका छन्। यसमा ८३ हजार जनाले मात्र गोलाप्रथाबाट १०/१० कित्ताका दरले सेयर पाउनेछन्, जसअनुसार २५ लाख ८२ हजार १७४ जना लगानीकर्ताको हात खाली हुने भएको छ।

कम्पनीले ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स