नेकपा एमालेले युवा लक्षित निःशुल्क इन्टरनेट कार्यक्रमको घोषणा गरेको छ।
अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले फेसबुक, इन्ट्रा लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो। यसविरुद्ध उठेको जेन–जी आन्दोलनले ओली नेतृत्वको सरकार ढल्न पुगेको थियो।
तर, हालको चुनावी परिस्थितिमा एमालेको घोषणापत्रमा १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूका लागि मासिक १० जिबी इन्टरनेट डाटा एक वर्षसम्म निःशुल्क उपलब्ध गराउने योजना समावेश गरिएको छ।
















प्रतिकृया