Advertisement Ads

अलपत्र परेका विकासका योजना एमालेले पूरा गर्छ: ईश्वर पोखरेल

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १५ गते
अलपत्र परेका विकासका योजना एमालेले पूरा गर्छ: ईश्वर पोखरेल

नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीले राष्ट्रियता, सार्वभौमिकता, अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा अडान लिएको बताएका छन्। काठमाडौं–५ मा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले भने, एमालेले सामाजिक सद्भाव, बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति र भौगोलिक विविधतालाई सम्मान गर्दै देशमा अस्थिरता ल्याउने कुनै पनि प्रयासलाई अस्वीकार गरेको छ।

पोखरेलले शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन, स्वरोजगारी, सामाजिक सुरक्षा, कृषि, उद्योग, पूर्वाधार र ऊर्जा क्षेत्रमा एमालेले केन्द्रित काम गर्दै आएको बताए। उनले थपे, “विकास निर्माणका कामहरूलाई अगाडि बढाउन एमालेको सङ्कल्प र अठोट छ, अलपत्र परेका योजना पुरा गर्नुपर्छ।”

०८२ सालमा हुन नसकेको निर्वाचन ०८४ सालमा सम्पन्न गरिनुपर्ने उल्लेख गर्दै पोखरेलले भने, “लोकतान्त्रिक र संवैधानिक प्रक्रियामा आएको अवरोधलाई सुधार गर्न र देशको हित विपरीत गतिविधिको विपक्षमा देशभक्त नागरिकहरूलाई गोलबन्द गर्न आवश्यक छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स