भीम रावलको अभियानमा लागेको भन्दै अछामका ६ जना कार्यकर्तालाई एमालेले पार्टीबाट निकाल्यो

भीम रावलको अभियानमा लागेको भन्दै अछामका ६ जना कार्यकर्तालाई एमालेले पार्टीबाट निकाल्यो

नेकपा एमालेले नेता भीम रावलद्वारा सुरु गरिएको अभियानलाई समर्थन गरेको आरोपमा अछामका ६ जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ।

पार्टी हितविपरीत काम गरेको भन्दै जिल्ला कमिटीले सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाशबहादुर शाह, सचिवालय सदस्य सागरसिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुँवर, शङ्कर भुल, रतन रावल, र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरलाई कारबाही गरेको हो।

पार्टीले उनीहरूलाई संगठन कमजोर बनाउने क्रियाकलापमा संलग्न रहेको, पार्टीका आधिकारिक निकायलाई जानकारी नै नदिई सञ्चार माध्यममा कार्यकर्ताले पार्टी छोडेको भन्ने भ्रामक समाचार सम्प्रेषण गरेको, र पार्टीलाई कमजोर बनाउन “मातृभूमि जागरण अभियान नेपाल” नामक जुलुसमा सहभागी भई पार्टी र अध्यक्षविरुद्ध अलोकतान्त्रिक गतिविधि सञ्चालन गरेको आरोप लगाएको छ।

newskarkahna news807040 https://bajarkochirfar.com/uml-expels-6-achham-cadres-from-the-party-for-participating-in-bhim-rawals-campaign | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स