सरकार सस्तो प्रचारमा केन्द्रित भयो, कर्मचारीतन्त्र निराश बन्यो : उज्यालो नेपाल पार्टी

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १२ गते
सरकार सस्तो प्रचारमा केन्द्रित भयो, कर्मचारीतन्त्र निराश बन्यो : उज्यालो नेपाल पार्टी
AdvertisementAds

उज्यालो नेपाल पार्टीले वर्तमान सरकार समग्र अर्थतन्त्र सुधार्नुको सट्टा सस्तो प्रचारमुखी कार्यमा बढी केन्द्रित भएको आरोप लगाएको छ। काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकका निर्णयहरू मङ्गलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सो पार्टीले सरकारप्रति यस्तो असन्तुष्टि जनाएको हो।

सरकारले देशको समग्र अर्थतन्त्रमा देखिएको निराशालाई चिर्दै आशा र विश्वास जगाउनेतर्फ ध्यान दिनुपर्नेमा उज्यालो नेपाल पार्टीले जोड दिएको छ। पार्टीले सरकारका जनहितकारी नीति र सकारात्मक कदमलाई रचनात्मक सहयोग गर्ने स्पष्ट पारेको छ। तर, जनविरोधी निर्णय, कमजोर कार्यसम्पादन, संस्थागत कमजोरी, भ्रष्टाचार संरक्षण र राज्य सञ्चालनमा देखिएका गैरजिम्मेवार प्रवृत्तिको भने लोकतान्त्रिक ढङ्गले सशक्त विरोध गर्ने निर्णय बैठकले गरेको छ।

राज्य सञ्चालनमा देखिएका पछिल्ला कमजोरीहरूप्रति चिन्ता व्यक्त गर्दै उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले संविधान, कानुन र स्थापित प्रक्रियाभन्दा माथि कुनै पनि व्यक्ति, पद वा शक्ति हुन नसक्ने स्पष्ट पारेको छ।

पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रक्रियाभन्दा व्यक्ति केन्द्रित निर्णय शैली हाबी हुँदै गएको जनअनुभूति बढेको बताएका छन्। यस्ता प्रवृत्तिले लोकतान्त्रिक संस्थाहरूको विश्वसनीयता र राज्य प्रणालीप्रतिको जनविश्वास नै कमजोर बनाउने जोखिम बढाएको अध्यक्ष घिसिङको भनाइ छ।

बाहिरबाट नियुक्त गरिएका स्वकीय सचिव तथा सल्लाहकारहरूले मन्त्रालयका सचिव र कर्मचारीहरूलाई अनुचित हस्तक्षेप गरिरहेको घिसिङले उल्लेख गरेका छन्। यस्तो हस्तक्षेपका कारण देशको स्थायी कर्मचारीतन्त्र निरुत्साहित र निराश बनेको उनले बताएका छन्।

AdvertisementAds

यसैबिच, केन्द्रीय कमिटी बैठकले देशको दीर्घकालीन आर्थिक तथा सामाजिक रूपान्तरणका लागि ’हरित क्रान्ति, समृद्ध नेपाल’ को राष्ट्रिय मार्ग पारित गरेको जानकारीसमेत घिसिङले दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स