आइपीओ निष्काशनका लागि दुई कम्पनीले धितोपत्र बोर्डसँग मागे अनुमति, कुनले कति सेयर जारी गर्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १५ गते
आइपीओ निष्काशनका लागि दुई कम्पनीले धितोपत्र बोर्डसँग मागे अनुमति, कुनले कति सेयर जारी गर्ने ?

दुई कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरेका छन्। दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेड र संयुक्त उर्जा लिमिटेडले आईपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरेका हुन्। ।

दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले गत माघ २० गते नै बोर्डमा आवेदन पेश गरेको भए पनि बोर्डले यसबारेको विवरण पछिल्लो समय मात्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो। बोर्डका अनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा २० करोड २० लाख रुपैयाँ बराबरको २० लाख २० हजार कित्ता आईपीओ निष्काशनका लागि अनुमति मागेको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

त्यसैगरी संयुक्त उर्जा लिमिटेडले पनि प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा ४१ करोड ६० लाख रुपैयाँ बराबरको ४१ लाख ६० हजार कित्ता आईपीओ जारी गर्न फागुन ५ गते बोर्डमा निवेदन दिएको छ। यस कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स