नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । दुई कम्पनी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो।
सिटिजन्स बैंकको ४ प्रतिशतका दरले हुन आउने ५६ लाख ८० हजार ३८९ कित्ता सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

त्यस्तै, हाथवे इन्भेष्टमेन्टको १० प्रतिशतका दरले हुन आउने २५ लाख ७४ हजार कित्ता सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।


प्रतिकृया