राष्ट्रियसभाबाट आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित भएका छन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले यी विधेयकहरू सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने प्रस्ताव राखेका थिए, जुन बहुमतले स्वीकृत भयो।
आर्थिक विधयेकमाथिको छलफलमा उनले सुनका गहनामा विलासी कर लगाउने निर्णय पारदर्शिता र अन्तर्राष्ट्रिय चासो सम्बोधनका लागि गरिएको स्पष्ट पारे। राष्ट्र ऋण विधेयकमाथिको छलफलमा भने उनले आगामी बजेट उत्कृष्ट भएको दाबी गर्दै आन्तरिक ऋण उत्पादन र पुँजीगत खर्चमा परिचालित हुने बताए।
सांसदहरूले दिएका सुझावहरू भने सभाले अस्वीकृत गरेको थियो।

















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया