नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई बैंकलाई ऋणपत्र निष्कासनको अनुमति प्रदान गरेको छ। नेपाल एसबिआई बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले जेठ ७ गते एकै दिन ऋणपत्र निष्कासनका लागि सेबोनबाट अनुमति प्राप्त गरेका हुन्।
नेपाल एसबिआई बैंकले १० वर्षे अवधिको ७ प्रतिशत वार्षिक ब्याजदरमा कुल ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको छ। यसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक निष्कासनमार्फत र बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगतबाट बिक्री गरिनेछ। यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
त्यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पनि १० वर्षे अवधिको ८ प्रतिशत ब्याजदरमा १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ। बैंकले कुल निष्कासनमध्ये ४० करोड रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक रूपमा र ६० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगतबाट बिक्री गर्नेछ। यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक एआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।



















प्रतिकृया