‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइनबाटै फारम भर्ने व्यवस्था गर्दै त्रिवि



Advertisement
Ads

त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले अब कार्यालयबाट प्रदान गरिने सबै प्रमाणपत्रका लागि अनलाइन फारम भर्ने व्यवस्था गर्न लागेको छ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार ट्रान्सक्रिप्टलगायतका प्रमाणपत्र अब घरबाटै अनलाइनमार्फत आवेदन दिन सकिनेछ। आगामी चैतदेखि कुनै पनि प्रमाणपत्रका लागि कार्यालयमा उपस्थित हुनुपर्ने झन्झट हटाइनेछ।


Advertisement

यसअघि पनि ट्रान्सक्रिप्टका लागि अनलाइन फाराम भर्ने प्रयास गरिएको थियो, तर सफल हुन सकेको थिएन। जोशीका अनुसार अब नयाँ सर्भर निर्माण गरी सफ्टवेयर अपडेट गर्ने काम दुई हप्ताभित्र सम्पन्न हुनेछ, जसपछि विद्यार्थीहरूले जहाँसुकैबाट अनलाइन सेवा लिन सक्नेछन्।

यो नयाँ प्रणाली लागू भएपछि ट्रान्सक्रिप्ट, पुनर्याेग, चारित्रिक प्रमाणपत्र लगायतका सेवाहरू पूर्ण रूपमा अनलाइन माध्यमबाट उपलब्ध हुनेछन्। अनलाइन फाराम भरेका विद्यार्थीका प्रमाणपत्रहरू सम्बन्धित क्षेत्रीय कार्यालयमा पठाइने व्यवस्था मिलाइनेछ।

‘अब प्रमाणपत्रका लागि काठमाडौं आउनुपर्ने आवश्यकता हट्छ,’ परीक्षा नियन्त्रक जोशीले भने, ‘विद्यार्थीले अनलाइन फाराम भरेपछि प्रमाणपत्र पायक पर्ने क्षेत्रीय कार्यालयबाट प्राप्त गर्न सक्नेछन्।’

पनिकाले यसअघि सम्बन्धित क्याम्पसबाट लब्धाङ्क पत्र (मार्कसिट) प्रिन्ट गर्ने सुविधा उपलब्ध गराइसकेको छ। गत भदौदेखि क्षेत्रीय कार्यालयहरूबाट उत्तरपुस्तिका परीक्षणको कार्यसमेत सुरु भइसकेको छ। अब क्रमशः क्षेत्रीय कार्यालयबाटै प्रमाणपत्र प्रिन्ट गरी विद्यार्थीलाई वितरण गर्ने योजना रहेको पनिकाले जनाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर