सांसदहरूले अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड) मार्फत नेपालमा भएको खर्चको विवरण सार्वजनिक गर्न माग गरेका छन्।
आजको बैठकमा सांसद गङ्गा कार्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसएडमार्फत नेपालमा भएको खर्चलाई ‘फ्रड’ भनेको उल्लेख गर्दै उक्त रकम कहाँ र कसरी खर्च भयो भन्नेबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए। उनले नेपालमा वित्तीय संघीयताको लागि अमेरिकाले दिएको रकम प्राकृतिक स्रोत तथा वित्त आयोगमार्फत खर्च भएको जानकारी पाइएको भन्दै आयोगसँग जवाफ मागिनुपर्ने धारणा राखे।
सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी राष्ट्रपतिले कुन सन्दर्भमा युएसएडको सहयोगलाई ‘फ्रड’ भनेका हुन् भन्ने बुझ्नुपर्ने बताए। साथै, उनले अर्थमन्त्री हुँदा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा हस्ताक्षर भएको र सबै दलको सहमतिमा संसद्बाट पारित गरिएको विषय उठाए।
सांसद सूर्यबहादुर थापा क्षेत्रीले अमेरिकी राष्ट्रपतिको भनाइबारे संसदमा छलफल गरिनुपर्ने धारणा राखे। उनले युएसएडको खर्च कुन समयमा र कुन कार्यक्रममा भएको थियो भनेर अर्थ मन्त्रालयसँग विवरण माग्न सुझाव दिए।
















प्रतिकृया