त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १९ गतेदेखि राति बन्द नहुने भएको छ।
विमानस्थलमा भइरहेको ट्याक्सी वे विस्तारको कारण गत कात्तिक २३ देखि विमानस्थल १० घण्टा बन्द हुँदै आएको थियो तर अबको समर सिजनदेखि बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुनेछ। मर्मत कार्यको ४० प्रतिशत पूरा भइसकेको र बाँकी काम मार्च महिनाभित्र सम्पन्न गर्ने योजना छ।
विमानस्थलको उडान समय बढ्दा आन्तरिक र विदेशी वायुसेवाहरूले पुन: उडान तालिका समायोजन गर्न थालेका छन्।
विशेषगरी, भारतीय वायुसेवा स्पाइस जेट र एयर इण्डिया एक्सप्रेसले आफ्नो उडान पुनः सुरु गरेका छन्। विमानस्थलको यात्रु क्षमता वृद्धि र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पूर्वाधार विस्तारका लागि काम भइरहेको छ।















प्रतिकृया