रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका ट्राफिक सई कमल खड्का प्रहरी प्रधान कार्यालयले काठमाडौं तानेको छ ।
बाँकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा दरबन्दी रहेका खड्काले रास्वपाद्वारा सञ्चालित ‘प्रतिशोधविरुद्धको हस्ताक्षर संकलन’ कार्यक्रममा नेपालगञ्जमा ड्युटी बर्दी लगाएर हस्ताक्षर गरेका थिए, जसको तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो ।
प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार उनले प्रहरी आचारविरुद्ध गम्भीर काम गरेका कारण सोधपुछका लागि हेडक्वाटर बोलाइएको हो । प्रहरी ऐन २०१२ अनुसार प्रहरी कर्मचारीलाई राजनीतिक गतिविधिमा सहभागी हुन अनुमति छैन । सहकारी ठगी मुद्दामा थुनामा रहेका लामिछानेको पक्षमा गरिएको हस्ताक्षर अभियानलाई समर्थन गरेको भन्दै खड्काको जिम्मेवारी खोसेर हेडक्वाटर तानेको हो ।


















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया