नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा असार ३१ मंगलबार ट्रेड टावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीले कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, सर्वसाधारण, र संस्थापक समूहलाई जारी गरेका सेयरहरू सूचीकृत गरेको हो।
कम्पनीको कुल ८१ लाख ५६ हजार ९७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। यसमध्ये संस्थापक समूहको ४२ लाख ८४ हजार ४०४ कित्ता, र सर्वसाधारण समूहको ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर रहेको छ।
नेप्सेले पहिलो कारोबारका लागि ट्रेड टावर लिमिटेडलाई १२३ रुपैयाँ ९ पैसा देखि ३६९ रुपैयाँ २७ पैसा सम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यही रेञ्जको आधारमा आगामी बुधबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ। त्यसपछि नियमित दोस्रो बजारमा सेयर कारोबार सुरु हुनेछ। कम्पनीको सिम्बोल जीएमएलआई (TTL) रहेको छ।

















प्रतिकृया