राजावादीहरुको सक्रियतता बढेपछि प्रमुख तीन दलका शीर्ष नेताहरू बैठक बस्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ११ गते
राजावादीहरुको सक्रियतता बढेपछि प्रमुख तीन दलका शीर्ष नेताहरू बैठक बस्दै

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक आज (सोमबार) सिंहदरबारमा अपराह्न ४ बजे बस्ने तय गरिएको छ।

हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानमा रहेका प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलका लागि आज काठमाडौं आउने भएका छन्। उनी आइतबार नै काठमाडौं आउने भनिए पनि विशेष कारणवश सोमबारका लागि भेटघाटको समय सारिएको बताइएको छ।

बैठकमा संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ। चैत ६ गते प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टीआरसीसम्बन्धी प्रश्न उठाएपछि प्रधानमन्त्री केपी ओलीले प्रचण्डसँग सम्पर्क गर्ने प्रयास भइरहेको जानकारी दिएका थिए।

प्रधानमन्त्री ओलीका अनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो अघि बढाइने र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताएका थिए। तर, प्रचण्डलाई सम्पर्क गर्ने प्रयास गर्दा ‘स्वास्थ्यमा समस्या भएकाले सम्पर्क हुन नसकेको’ जवाफ पाएको उनले सदनलाई जानकारी गराएका थिए।

यसअघि चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेल खुमलटार पुगेर टीआरसी विषयमा प्रचण्डसँग छलफल गरिसकेका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स